BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकको ६५औं एक्सटेन्सन काउन्टर सिरहाको कल्याणपुरमा

२०८० असोज ४

ग्लोबल आइएमई बैंकको ६५औं एक्सटेन्सन काउन्टर सिरहाको कल्याणपुरमा
ग्लोबल आइएमई बैंकको ६५औं एक्सटेन्सन काउन्टर सिरहाको कल्याणपुरमा

काठमाडौं। ग्लोबल आइएमई बैंकले सिरहाको कल्याणपुरमा ६५औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

Tata
GBIME

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक मिर्चैया शाखाको मातहतमा रहने गरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिटेन्स सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरु उपलब्ध हुनेछन्।