BIZMANDU
www.bizmandu.com

अमेरिका र जापान पठाइदिने प्रलोभनमा म्यानपावरले गर्‍यो करिब ४ करोड ठगी, ४३ जनाको बिचल्ली

२०८० असोज ४

अमेरिका र जापान पठाइदिने प्रलोभनमा म्यानपावरले गर्‍यो करिब ४ करोड ठगी, ४३ जनाको बिचल्ली
अमेरिका र जापान पठाइदिने प्रलोभनमा म्यानपावरले गर्‍यो करिब ४ करोड ठगी, ४३ जनाको बिचल्ली


काठमाडौं। म्यानपावर कम्पनीहरु युवाहरुलाई जापान, अमेरिका लगायत मुलुकमा पठाइदिने प्रलोभन देखाइ ठगीमा संलग्न भएको पाइएको छ। म्यानपावर कम्पनी विस एचआर सोलुसनले ४३ जना युवालाई ठगी गरेको हो।

Tata
GBIME
NLIC

उक्त कम्पनीका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी र अमृत श्रेष्ठ तथा कर्मचारी फणिन्द्र कोइरालाले सरिता भुजेल लगायत ४३ युवाबाट ३ करोड ८२ लाख २८ हजार रुपैयाँ ठगेका हुन्।

उनीहरुले ती युवालाई जापान, अमेरिका, पोल्याड, क्रोएसिया लगायत देशमा रोजगारी मिलाइदिने प्रलोभन देखाएर ठगेको पाइएपछि वैदेशिक रोजगार विभागले मुद्दा दायर गरेको छ। विभागले म्यानपावर सञ्चालकहरु तुलसीप्रसाद, लालबहादुर र अमृत तथा कर्मचारी फणिन्द्रविरुद्ध ३ करोड ८२ लाख २८ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो।

वैदेशिक रोजगार न्यायाधिकरणमा दायर गरिएको मुद्दामा ठगिएकाहरुलाई बिगो बराबरको रकम र त्यसको ५० प्रतिशत रकम प्रतिवादीहरुबाट हर्जाना भराउन माग गरिएको छ। कम्पनीको इजाजतपत्र पनि खारेज गर्न माग गरिएको विभागका निर्देशक कविराज उप्रेतीले बिहिबार जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।