BIZMANDU
www.bizmandu.com

एफएनसीसीआई अध्यक्ष ढकालले जापानमा भने-‘जलविद्युत र पूर्वाधारमा लगानीको सम्भावना प्रचुर’

२०८० असोज ४

एफएनसीसीआई अध्यक्ष ढकालले जापानमा भने-‘जलविद्युत र पूर्वाधारमा लगानीको सम्भावना प्रचुर’
एफएनसीसीआई अध्यक्ष ढकालले जापानमा भने-‘जलविद्युत र पूर्वाधारमा लगानीको सम्भावना प्रचुर’


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले देखिएका बहुआयामिक चुनौतिलाई पार गर्न एसिया प्रशान्त क्षेत्रका मुलुकबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

Tata
GBIME
NLIC

जापानको राजधानी टोकियोमा आयोजित एसियाली रोजगारदाता सम्मेलन सम्बोधन गर्दै अध्यक्ष ढकालले शान्ति र स्थायित्व बिना कुनै पनि समस्या समाधान गर्न सहज नहुने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए।

ढकालले दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, श्रम आप्रवासन र सीप विकासलगायत एसिया प्यासिफिक क्षेत्रका साझा लक्ष्यहरु दोहोर्‍याउँदै यस क्षेत्रका मुलुक र निजी क्षेत्रबिचको सहकार्य र सवन्वयबाटमात्र यी चुनौतिको सामना गर्न सकिने बताए।

उनले द्रुत डिजिटलाइजेसन र व्यवसाय सञ्चालनमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)को एकीकरणतर्फ ध्यानाकर्षण गराए।ढकालले सम्भावित असमानताहरुलाई न्यूनीकरण गर्न श्रमिकको सीप विकास तथा क्षमता अभिवृद्धि गर्नुपर्ने बताए।

उनले आर्थिक वृद्धि, रोजगारी सिर्जना, साना तथा मझौना उद्यमलाई सहयोग, सामाजिक सुरक्षा, सीप विकास तथा सामाजिक संवादको सुदृढीकरणमा नेपाल प्रतिवद्ध रहेको बताए।

नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानीको प्रचुर सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले दुई ठूला र उदियमान मुलुक चीन र भारतको बीचमा रहेकोले नेपालमा बजारको ठूलो सम्भावना रहेको धारणा राखे।

उनले नेपालको जलविद्युत, पर्यटन पूर्वाधारमा लगानीको प्रचुर सम्भावना रहेको बताए।