BIZMANDU
www.bizmandu.com

विद्यालय बन्द गरेर बानेश्वरमा शिक्षकको आन्दोलन, सडकपेटीका बोटविरुवा नष्ट

२०८० असोज ४

विद्यालय बन्द गरेर बानेश्वरमा शिक्षकको आन्दोलन, सडकपेटीका बोटविरुवा नष्ट
विद्यालय बन्द गरेर बानेश्वरमा शिक्षकको आन्दोलन, सडकपेटीका बोटविरुवा नष्ट

काठमाडौं । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका सामुदायिक विद्यालयका शिक्षकहरु अहिले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शनरत् छन्।

Tata
GBIME

आज बिहान ११ बजेदेखि प्रदर्शनमा उत्रिएका शिक्षक र प्रहरीबीच बानेश्वर क्षेत्रमा केही बेर धकेलाधकेलसमेत भएको थियो।

शिक्षकहरुको प्रदर्शनका कारण उपत्यकाकै ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ। हिजो पनि शिक्षकको प्रदर्शनका कारण दिनभर ट्राफिक जाम भएको थियो।

बानेश्वरमा हजारौं शिक्षक भेला भएर प्रदर्शन गरिरहँदा मुख्य सडकमात्र नभइ करिडोरमा समेत सवारीको चाप बढेको छ। जसकारण उपत्यकाका अन्य सडकमा समेत ट्राफिक बढेको छ।

शिक्षकहरु बानेश्वर केन्द्रित आन्दोलनमा हुँदा बानेश्वरका सडक पेटीमा रोपिएका बोटविरुवाहरु नास भएका छन्। अत्याधिक भिडसँगै बोट विरुवा किल्चिँदा हराभरा देखिएको सडकपेटीहरुका बोटविरुवा सखाप नष्ट भएका हुन्।