BIZMANDU
www.bizmandu.com

काबेली हाइड्रोपावरले आइपीओ ल्याउने‚ ताप्लेजुङमा २१.९३ मेगावाटको आयोजना निर्माणाधीन

२०८० असोज ४

काबेली हाइड्रोपावरले आइपीओ ल्याउने‚ ताप्लेजुङमा २१.९३ मेगावाटको आयोजना निर्माणाधीन
काबेली हाइड्रोपावरले आइपीओ ल्याउने‚ ताप्लेजुङमा २१.९३ मेगावाटको आयोजना निर्माणाधीन


काठमाडौं। काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित दोस्रो साधारण सभा आह्‍वान गरेको छ।

Tata
GBIME
NLIC

कम्पनी संचालक समितिको को मंगलबार भएको बैठकको निर्णयले असोज २४ गते बुधबार कम्पनी रजिष्ट्रारको कार्यालयमा सभा आह्वान गरेको हो। सभा बिहान १० बजेबाट सुरु हुने छ।

सभामा कम्पनीले सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ।

यसका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त गरिर पारिश्रमिक तोक्ने लगायत विभिन्न प्रस्तावहरु पारित गरिने छ।

काबेली हाइड्रोपावरले ताप्लेजुङमा २१.९३ मेगावाटको काबेली-३ जलविद्युत परियोजना निर्माण गरिरहेको छ। नदी प्रवाहमा आधारित यस परियोजनाको अनुमानित लागत ४ अर्ब २८ करोड रुपैयाँभन्दा बढी छ। कम्पनीको चुक्ता पुँजी २८ करोड २० लाख रुपैयाँ छ।

कम्पनीमा राजेश खड्काको २८ प्रतिशत, दजने इन्भेष्टमेन्ट कम्पनीको २१ प्रतिशत, मोहनविक्रम कार्कीको २० प्रतिशत, गोपालकृष्ण श्रेष्ठको १८ प्रतिशत र विजय साम्वाहाम्फेको १२ प्रतिशत सेयर स्वामित्व छ।