BIZMANDU
www.bizmandu.com

टुँडिखेलमा मनाइयो संविधान दिवस, प्रस्तुत गरिए सांस्कृतिक झाँकी

२०८० असोज ३

टुँडिखेलमा मनाइयो संविधान दिवस, प्रस्तुत गरिए सांस्कृतिक झाँकी
टुँडिखेलमा मनाइयो संविधान दिवस, प्रस्तुत गरिए सांस्कृतिक झाँकी


काठमाडौं। आज देशभर विभिन्‍न कार्यक्रम गर्दै संविधान दिवस मनाइँदैछ। दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी भएको स्मरणमा यो दिवस मनाउन थालिएको हो।

Tata
GBIME

विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्‍वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेको थिए। साथै, उनले उक्त संविधानको प्रतिलाई जनताको नासो भन्दै ढोगेको थिए।

संविधान दिवसको अवसरमा टुँडिखेलमा आज विशेष कार्यक्रम आयोजना गरियो। संविधान दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश विश्‍वम्भर प्रसाद श्रेष्ठ लगायत उपस्थित थिए।

संविधान दिवसको अवसरमा टुँडिखेलमा साँस्कृतिक झाँकीहरु प्रस्तुत गरियो। त्यसैगरी हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका साथै शान्तिका प्रतिक परेवा उडाइएको थियो।