BIZMANDU
www.bizmandu.com

न्यूयोर्क पुगेका सरकार प्रमुख इलन मस्कलाई भेट्दै, टेस्ला फ्याक्ट्री र एआई छलफलका एजेन्डा

२०८० असोज २

न्यूयोर्क पुगेका सरकार प्रमुख इलन मस्कलाई भेट्दै,  टेस्ला फ्याक्ट्री र एआई छलफलका एजेन्डा
न्यूयोर्क पुगेका सरकार प्रमुख इलन मस्कलाई भेट्दै, टेस्ला फ्याक्ट्री र एआई छलफलका एजेन्डा


टर्कीएका राष्ट्रपति रेसप तैइप एर्डोगानले टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलन मस्कलाई टर्कीएमा टेस्ला फ्याक्ट्री निर्माण गर्न आग्रह गरेका छन्।

Tata
GBIME
NLIC

न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पुगेका एर्डोगानले टर्कीस हाउसमा मस्कसँग छलफल गरेका थिए।

एर्डोगानको आग्रहपछि मस्कले अहिले धेरै टर्किस आपूर्तिकर्ता टेस्लासँग काम गरिरहेको भन्दै नयाँ फ्याक्ट्रीका लागि टर्कीए प्रबल दाबेदार रहेको बताएका थिए। यद्यपि, टेस्लाले औपचारिक रुपमा यसबारेमा केही जनाएको छैन।

भेटका क्रममा एर्डोगानले टर्कीए आर्टिफिसियल इन्टिलिजेन्स (एआई) र स्टारलिंकसँग सहकार्य गर्न पनि तयार रहेको मस्कलाई बताएका थिए। स्टारलिंक मस्कको स्पेस एक्सको स्याटलाइट इन्टरनेट भेन्चर हो।

एर्डोगानले मस्कलाई टर्कीस एरोस्पेसको भ्रमण गर्न र सेप्टम्बरको अन्त्यमा हुने टेक्नोफेस्टमा सहभागी हुन निम्तो दिएका थिए। मस्कले आफू सो कार्यक्रममा आउने वाचा गरेको जनाइएको छ।

यस्तै, मस्क र इजरायलका प्रधानमन्त्री बेनजामिन नेतान्याहूबीच पनि भेट हुँदैछ। त्यसक्रममा एआईबारे चर्चा हुने जनाइएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुगेका धेरै राष्ट्रका सरकार र राष्ट्र प्रमुखसँग मस्कले भेट्दैछन्। भेटका क्रममा सरकार प्रमुखहरुले टेस्ला र इन्टरलिंकसबारे मस्कसँग छलफल गर्दैछन्।

धेरै राष्ट्रले मस्कलाई आफ्नो देशमा टेस्ला कम्पनी खोल्न आग्रह गरिरहेको जनाइएको छ। भारत, स्पेन, फ्रान्स, इटालीसँगै मध्यपूर्व देश पनि टेस्लालाई आकर्षित गर्ने प्रयासमा छन्।