BIZMANDU
www.bizmandu.com

सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा संचालन गर्न छुट्टै रङको लेन निर्माण, हेर्नुहोस् फोटोमा

२०८० असोज १

सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा संचालन गर्न छुट्टै रङको लेन निर्माण, हेर्नुहोस् फोटोमा
सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा संचालन गर्न छुट्टै रङको लेन निर्माण, हेर्नुहोस् फोटोमा

काठमाडौं। असोज ३ गतेदेखि सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा संचालन गर्न सडकमा डेडिकेटेड लेनको मार्किङ र छुट्टै रङ लगाइएको छ।

Tata
GBIME

काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा संचालनका लागि सडकमा छुट्टै लेनका साथै रेड मार्क गर्न थालिएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि द्रुत बस सेवा संचालन गर्न निर्देशन दिएका थिए। त्यसपछि सडक विभाग र यातायात व्यवस्था विभागले कामलाई तीब्रता दिएका थिए।

यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठुला बसहरु तयारी अवस्थामा रहेको जनाएको छ।

विभागले दुई खण्ड बनाएर सडकको रेड मार्किङ गरिरहेको 1छ। रत्नपार्कदेखि जडिबुटी र जडिबुटीदेखि सूर्यविनायकसम्म काम थालिएको हो।

बिहान र साँझ कार्यालय समयमा द्रुत बस सेवा संचालन हुनेछ। बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म बस संचालन हुनेछ।