BIZMANDU
www.bizmandu.com

सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा १३%सम्म छुट, डिजिटल भुक्तानीको सर्त

२०८० असोज १

सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा १३%सम्म छुट, डिजिटल भुक्तानीको सर्त
सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा १३%सम्म छुट, डिजिटल भुक्तानीको सर्त

काठमाडौं। सानिमा बैंकले आफ्ना ग्राहकलाई पुरानो वानेश्‍वरस्थित फ्रन्टलाइन अस्पतालमा १३ प्रतिशतसम्म छूट उपलब्ध गराउने व्यवस्था गरेको छ।

Tata
GBIME

बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न भन्दै आफ्ना ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा ५ देखि १३ प्रतिशतसम्म छूट उपलब्ध गराउने व्यवस्था गरेको हो।

छूट उपलब्ध गराउनका लागि बैंकले अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले ओपीडी, आइपीडी र बेडसम्बन्धी शुल्कमा १३, औषधिमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छूट पाउनेछन्।

यो छुट पाउनका लागि बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्नुपर्नेछ। सानिमा भिसा डेबिट र क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल माध्यमबाट भुक्तानी गर्दा छूट पाउने बैंकले जारी गरेको विज्ञप्‍तिमा उल्लेख छ।