BIZMANDU
www.bizmandu.com

बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार हुने

२०८० असोज १

बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार हुने
बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार हुने

काठमाडौं।  नेपाली कांग्रेसले बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार गर्ने भएको छ। संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण भदौ २६ गते तय गरिएको कार्यक्रम स्थगित भएको थियो।

Tata
GBIME

‘स्थगित भएको तेस्रो र अन्तिम दिन (भाद्र २६ गते) को कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते बिहान १०:३० बजेदेखि साँझ ५:०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ,’ कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले भने।

भदौ २४ बाट सुरु भएको तीन दिने बीपी साहित्य सम्मेलनको तेस्रो दिन परिवारले बुझेका बिपी, बिपीको समाजवादी परिकल्पनामा शिक्षा, बिपीका आख्यानमा नारी लगायतका सत्र तय गरिएको थियो।

तय गरिएका सबै कार्यक्रम बुधबार हुने कांग्रेसले जनाएको छ।