BIZMANDU
www.bizmandu.com

तीजमा रमेको पशुपति, यसरी चल्दैछ नाचगान

२०८० असोज १

तीजमा रमेको पशुपति, यसरी चल्दैछ नाचगान
तीजमा रमेको पशुपति, यसरी चल्दैछ नाचगान

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा आज देशभरका शिवालयमा भीड लागेको छ। आज व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

Tata
GBIME

यही पर्वका अवसरमा आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ।

पशुपति मन्दिर दर्शन गर्न बिहानैदेखि महिलाहरु लाइनमा छन्। पशुपति क्षेत्रमा बिहानैदेखि नाचगान चलिरहेको छ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ।