BIZMANDU
www.bizmandu.com

आज विश्वकर्मा पूजा, भद्रकालीमा सवारीसाधन पूजा गराउनेको घुइँचो

२०८० असोज १

आज विश्वकर्मा पूजा, भद्रकालीमा सवारीसाधन पूजा गराउनेको घुइँचो
आज विश्वकर्मा पूजा, भद्रकालीमा सवारीसाधन पूजा गराउनेको घुइँचो


काठमाडौं । आज विश्वकर्मा पूजा। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ।

Tata
GBIME
NLIC

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। 

बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ। आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ।

आज भद्रकाली लगायतका शक्तिपीठमा सवारीसाधन पूजा गर्नेहरुको घुँइचो लागेको छ