BIZMANDU
www.bizmandu.com

न्यूयोर्कबाट प्रचण्डले भने : विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न निर्देशन दिइसकेँ

२०८० असोज १

न्यूयोर्कबाट प्रचण्डले भने : विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न निर्देशन दिइसकेँ
maoist central committe meeting- Prime minister- Prachanda- Prabin Ranabhat


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन्।

Tata
GBIME
NLIC

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेका उनले सञ्चारकर्मीहरुसँग अन्तर्क्रियाका क्रममा विदेशमा बस्दै आएका नेपाली नागरिकलाई मतादानको अधिकारबाट बञ्चित हुन नदिइने बताएका हुन्।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको जानकारी पनि दिएका थिए।

त्यसक्रममा प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि सरकार तयार रहेको बताएका थिए। सरकारले गरेका राम्रा र सकारात्मक कुरालाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको उनको भनाइ थियो।

दाहाल आइतबार न्यूयोर्क पुगेका हुन्। संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधनपछि दाहाल न्यूयोर्कबाट चीन भ्रमणका लागि जाँदैछन्।