BIZMANDU
www.bizmandu.com

न्यूयोर्कमा प्रचण्ड र गुटेर्रेसबीच भेटवार्ता, आर्थिक विकास लगायतका विषयमा छलफल

२०८० असोज १

न्यूयोर्कमा प्रचण्ड र गुटेर्रेसबीच भेटवार्ता, आर्थिक विकास लगायतका विषयमा छलफल
न्यूयोर्कमा प्रचण्ड र गुटेर्रेसबीच भेटवार्ता, आर्थिक विकास लगायतका विषयमा छलफल


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेटवार्ता भएको छ। न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेर्रेसबीच आज भेटवार्ता भएको हो।

Tata
GBIME
NLIC

भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दीगो विकास लक्ष्य तथा अति कम विकसित देशहरूको आर्थिक विकास लगायतका विषयमा छलफल भएको बताइएको छ।

सो क्रममा नेपाल र राष्ट्रसंघबीचको आपसी हितको आदानप्रदान, सम्बन्ध र सहकार्यका लागि राम्रो समझदारी बनेको छ।