BIZMANDU
www.bizmandu.com

मोटरसाइकलको ठक्करको प्रतिशोध साँध्न विशालको बीभत्स हत्या, घटना बाहिरिने देखेपछि बाँकी तीन पनि मारिए

२०८० भदौ ३१

मोटरसाइकलको ठक्करको प्रतिशोध साँध्न विशालको बीभत्स हत्या, घटना बाहिरिने देखेपछि बाँकी तीन पनि मारिए
मोटरसाइकलको ठक्करको प्रतिशोध साँध्न विशालको बीभत्स हत्या, घटना बाहिरिने देखेपछि बाँकी तीन पनि मारिए


काठमाडौं। काठमाडौंको गैरीगाउँमा चार जनाको बीभत्स हत्या गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। शुक्रबार गैरीगाउँमा एकै परिवारका चार जनाको बीभत्स हत्या भएको थियो।

Tata
GBIME
NLIC

प्रहरीले सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ९ घर भएका २३ वर्षीय सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो। उनी बोल्न भने सक्दैनन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानले घटना रिसिईबीको कारण भएको निष्कर्ष निकालेको छ। विशाल राईले चलाएको मोटरसाइकले ठक्कर दिँदा विवाद हुँदा योजनाबद्ध रूपमा हत्या गरेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले बताए।

शुक्रबार साँझ सञ्जय काँडाघारी कोठाबाट निस्किइ बेलुकाको समयमा काठ मिलको पछाडिपट्टिको बन्द गेटबाट माथि चढेको देखिएको छ। सञ्जयले विशाल बस्ने कोठामा केही समयपछि प्रवेश गरी खुकुरीले प्रहार गरेको अनुसन्धानमा देखिएको छ।

हत्याका क्रममा शुभद्रा भुजेलले कराएपछि खुकुरीले टाउकोमा प्रहार भएको देखिएको छ। घटना हुँदै गर्दा पूर्णबहादुर भुजेल घटनास्थलमा पुगेर फोन गर्न लागेको देखेपछि उनलाई पनि टाउकोमा नै पटकपटक खुकुरी प्रहार गरी हत्या गरेको एसएसपी राठौरले बताए।

पूर्णबहादुरको श्रीमती अम्बिका पनि घटनास्थानमा आएपछि सञ्जयले निशानामा पारेको प्रहरी बताउँछ। घटना बाहिर नआओस् भनेर अम्बिकाको पनि हत्या गरेको प्रहरीको विश्लेषण छ। सञ्जयले अम्बिकालाई पनि टाउकोमा खुकुरीले प्रहार गरेका थिए।

घटनापछि कुमारको शवलाई टहराको कुनामा रहेको ट्वाइलेटको ढोका छेउ, अम्बिकाको शवलाई पानीको कल छेउमा, शुभद्राको शवलाई काठको गोदाम छेउमा फालेको अवस्थामा राठौरले बताए।

विशाललाई प्रतिशोधले हत्या गरे पनि अन्यलाई घटना बाहिर नआओस् भनी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ।

घटनापछि सञ्जय काठ गोदामको पछाडिको गेटबाट हाम फालेर कोटेश्वर हुँदै काँडाघारी वीरेन्द्रचोक पुगेको देखिएको छ। वीरेन्द्र चोकमा दिदी भिनाजुको कोठामा गई उनी सुतेको अनुसन्धानमा खुलेको छ।

शनिबार बिहान खाना खाएपछि सञ्जय सदाझैं नक्सालस्थित विद्यालयमा नै साथीसँग भेट्न गई घर आएर खाना खाई सुतेका थिए। आइतबार बिहान खाना खाइसकेपछि भने उनी सिन्धुपाल्चोकको घरमा पुगेका थिए।

आरोपित भण्डारी जन्मजात बोल्न नसक्ने रहेको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक बाह्रबिसेमा ८ कक्षासम्म अध्ययन गरी १२ कक्षासम्म उनले काठमाडौंमा अध्ययन गरेको खुलेको छ।