BIZMANDU
www.bizmandu.com

भारतले ८औं पटक जित्यो एसिया कप क्रिकेटको उपाधि, ६.१ ओभरमै लक्ष्य पूरा

२०८० भदौ ३१

भारतले ८औं पटक जित्यो एसिया कप क्रिकेटको उपाधि, ६.१ ओभरमै लक्ष्य पूरा
भारतले ८औं पटक जित्यो एसिया कप क्रिकेटको उपाधि, ६.१ ओभरमै लक्ष्य पूरा


काठमाडौं। एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ। भारतले एसिया कप क्रिकेटको उपाधि जितेको यो ८औं पटक हो।

Tata
GBIME
NLIC

उपाधि जित्‍ने क्रममा भारतले घरेलु टोली श्रीलंकालाई १० विकेटले हरायो। भारतले पछिल्लोपटक सन् २०१८ मा एसिया कप जितेको थियो। एसिया कपको फाइनलमा विकेटका आधारमा तय भएको यो सबैभन्दा ठूलो जित हो।

कोलम्बोस्थित प्रेमदासा रंगशालामा भएको फाइनल खेलमा श्रीलंकाले दिएको ५१ रनको झिनो लक्ष्य भारतले ६.१ ओभरमा पूरा गर्‍यो। भारतका लागि इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए।

यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रनमा समेटिएको थियो। भारतका मोहम्मद सिराजको घातक बलिङसामु श्रीलंकाका ब्याटर टिक्न सकेनन्।

तेस्रो बलबाटै विकेट गुमाउन सुरु गरेको श्रीलंकाको ब्याटिङ अर्डर चल्नै सकेन। तेस्रो बलमा कुशल परेरा जसप्रित बुमराहको बलमा क्याचआउट भए। चौथो ओभरमा सिराजले चार विकेट लिए। ३.१ ओभरमा पथुम निसन्का र ३.३ ओभरमा सदिरा समराविक्रमा आउट भए। लगत्तै अर्को बलमा छरिथ असलंका गोल्डन डकआउट हुन पुगे। ३.६ ओभरमा धनन्जय डी सिल्भा बाहिरिए। 

यसपछि पनि श्रीलंकाको विकेट पतन रोकिएन। ५.४ ओभरमा दसुन सनाका, ११.२ ओभरमा १७ रन बनाएका कुशल मेन्डिस र १२.३ ओभरमा दुनिथ वेल्लालगे आउट भए। त्यस्तै १५.१ र १५.२ ओभरमा हार्दिक पाण्ड्याले लगातार विकेट लिएपछि श्रीलंका ५० रनमै अलआउट हुन पुग्यो। सिराजले ६, पाण्ड्याले ३ र बुमराहले १ विकेट लिएका थिए।