BIZMANDU
www.bizmandu.com

नेम्वाङको परिवारलाई राष्ट्रपति पौडेलको समवेदनापत्र, ‘मुलुकले असल नेता गुमायो’

२०८० भदौ ३१

नेम्वाङको परिवारलाई राष्ट्रपति पौडेलको समवेदनापत्र, ‘मुलुकले असल नेता गुमायो’
नेम्वाङको परिवारलाई राष्ट्रपति पौडेलको समवेदनापत्र, ‘मुलुकले असल नेता गुमायो’

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन्। राष्ट्रपति पौडेलले आइतबार नेम्वाङका परिवारजनलाई समवेदना सन्देश पठाउँदै आफू मर्माहत भएको बताएका हुन्।

Tata
GBIME
Zonsen

मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखिनै आत्मसात गरेको एउटा असल नेता गुमाएको पौडेलले बताएका छन्। नेपालको राजनीति र कानुनी क्षेत्रमा उत्तिकै दख्खल राख्‍ने नेम्वाङ खासगरी राष्ट्रिय राजनीतिका सङ्कटपूर्ण घडीहरूमा समन्वयकारी भूमिका निर्वाह गर्न हरदम तयार हुने नेता भएको राष्ट्रपतिले उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलेको समवेदना सन्देश लिएर उनका सुपुत्रीद्वय शर्मिला र अवज्ञा पौडेल, राजनीतिक सल्लाहकार सुनिलबहादुर थापा, प्रेस सल्लाहकार किरण पोखरेल नेम्वाङको घर पुगेका थिए।

‘जुनसुकै पद र भूमिकामा रहँदा पनि समन्वयकारी, स्वच्छ र इमानदार छविका नेम्वाङले खासगरी सभामुख र संविधानसभाको अध्यक्षका रुपमा नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरेको संविधानसभाबाटै संविधान बनाउने र नेपालको संविधान जारी गर्ने बेलामा निर्वाह गर्नुभएको भूमिका नेपाल र नेपाली जनताले कहिल्यै विर्सने छैनन्, नेपाली राजनीतिका कैयन उतारचढावका क्षणमा मैले नेम्वाङलाई शालीन र समन्वयकारी नेताकारुपमा मात्र होइन अन्य नेताहरूलाई सही र सत्मार्गमा डोर्‍याउन सक्ने एउटा असल नेताको छविको रुपमा पाएको थिए,’ समवेदना सन्देशमा भनिएको छ।

राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनाका संघर्षहरू, संविधान निर्माण र संसदीय क्षेत्रमा सँगसँगै काम गर्ने सन्दर्भमा नेम्वाङसँग भएका सहकार्यहरू आफ्नो स्मृतिमा सदैव ताजै रहने बताएका छन्। पौडेलले नेम्वाङको आत्माको चीरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्‍जली प्रकट गर्दै शोक सन्तप्त परिवारजन, गणतन्त्र पक्षधर, एमाले पार्टी र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गरेका छन्। संविधान सभाका पूर्व अध्यक्ष नेम्वाङको भदौ २६ गते निधन भएको थियो।