BIZMANDU
www.bizmandu.com

एक नजर आकाशमा, अर्को फाइनलमा: एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्दै

२०८० भदौ ३१

एक नजर आकाशमा, अर्को फाइनलमा: एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्दै
Indian celebrates the wicket of Shadab Khan of Pakistan during the Asia Cup 2023 Super 4s match between Pakistan and India held at the R. Premadasa International Cricket Stadium (RPS), Colombo, Sri Lanka on the 11th September, 2023. Photo by: Vipin Pawar / CREIMAS / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE


काठमाडौं। एसीसी एसिया कपको फाइनल खेल आइतबार हुँदैछ। खेल श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा रंगशालामा दिउँसो सवा ३ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ।

Tata
GBIME
NLIC

हाइब्रिड मोडलमा जारी ६ टोली सम्मिलित प्रतियोगितामा वर्षा मुख्य बाधक बन्दै आएको छ। आइतबार पनि खेलमा वर्षा बाधक बन्ने सम्भावना औंल्याइएको छ। त्यसैले धेरैको नजर खेलमा मात्र होइन आकाशमा पनि हुनेछ।

वर्षाले खेल हुन नसके ‘रिजर्भ डे’ मा खेलाइने छ। सोमबार पनि वर्षाका कारण खेल हुन नसके भारत र श्रीलंकालाई संयुक्त विजेता घोषित गरिनेछ।

भारत समूह ‘ए’ को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो। त्यस्तै समूह ‘बी’ को विजेता बनेर श्रीलंकाले सुपर फोरमा स्थान बनाएको थियो। सुपर फोरबाट बंगलादेश र पाकिस्तानलाई पछि पार्दै भारतले शीर्ष स्थान र श्रीलंकाले दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन्।

आफ्नो पछिल्लो खेलमा भारतले बंगलादेशसँग पराजय ब्यहोरेको थियो भने श्रीलंकाले पाकिस्तानलाई हराएको थियो।

आइतबारको खेल जिते एसिया कपमा भारतको वर्चस्व कायमै रहनेछ। श्रीलंकाले जिते एसिया कपको सर्वाधिक सफल टोलीको सूचीमा भारतसँग बराबरीको स्थितिमा पुग्नेछ।

भारतले हालसम्म ७ पटक (१९८४, १९८८, १९९०, १९९५, २०१०, २०१६ र २०१८) मा उपाधि जितेको थियो। त्यस्तै साविक विजेता श्रीलंका ६ पटक (१९८६, १९९७, २००४, २००८, २०१४ र २०२२) को च्याम्पियन हो।