BIZMANDU
www.bizmandu.com

सुनचाँदी दुवैको मूल्यमा बढोत्तरी, तोलामा ५०० ले बढ्यो सुन, चाँदीमा ५ रुपैयाँको वृद्धि

२०८० भदौ ३१

सुनचाँदी दुवैको मूल्यमा बढोत्तरी, तोलामा ५०० ले बढ्यो सुन, चाँदीमा ५ रुपैयाँको वृद्धि
सुनचाँदी दुवैको मूल्यमा बढोत्तरी, तोलामा ५०० ले बढ्यो सुन, चाँदीमा ५ रुपैयाँको वृद्धि


काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य ५०० रुपैयाँले बढ्दा चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले महँगिएको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
NLIC

गत शुक्रबार सुन १ लाख ११ हजार ८०० मा कारोबार भएको थियो। गत आइतबार १ लाख ११ हजार ९०० रुपैयाँ रहेको सुनको मूल्य सोमबार १ लाख १२ हजार पुगेको थियो।

त्यस्तै, मंगलबार मूल्य स्थिर रहँदा बुधबार ८०० रुपैयाँले घटेर १ लाख ११ हजार २०० कायम भएको थियो। बिहीबार भने बुधबारकै मूल्य यथावत थियो।

महासंघका अनुसार शुक्रबार १३९५ मा कारोबार भएको चाँदी आज १४०० कायम भएको हो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस १९२३.७८ डलर हुँदा चाँदी भने प्रतिऔंस २३.०४ डलरमा कारोबार भइरहेको छ।