BIZMANDU
www.bizmandu.com

सीजीका घरेलु उपकरणको दसैंतिहार लक्षित अफर, खरिदमा उपहारदेखि छुटसम्म पाइने

२०८० भदौ ३१

सीजीका घरेलु उपकरणको दसैंतिहार लक्षित अफर, खरिदमा उपहारदेखि छुटसम्म पाइने
सीजीका घरेलु उपकरणको दसैंतिहार लक्षित अफर, खरिदमा उपहारदेखि छुटसम्म पाइने


काठमाडौं। इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्राण्ड सीजी ब्राण्डले दसैं र तिहारको अवसरमा चाडपर्व अफर योजना ल्याएको छ।

Tata
GBIME
NLIC

‘सीजीले घर सजाऔं, खुशीले चाड मनाऔं’ योजनाले स्मार्ट घरेलु उपकरणहरुको खरिदमा आफ्ना ग्राहकलाई आकर्षक उपहारहरु दिनेछ।

सीजीको स्मार्ट घरेलु उपकरणहरु खरिद गर्दा ग्राहकले साप्ताहिक पुरस्कारहरू जित्‍ने मौकाका साथै बम्पर पुरस्कारका रूपमा २ जनाले दुबईको विशेष यात्रा जित्‍न सक्नेछन्। यो पर्व सीजी ब्राण्डको कुकिङ सिरिज, किचेन सिरिज, समर सिरिज र विन्टर सिरिजको उत्पादनहरुमा लागू हुनेछ।

योजनाका अन्य आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, शून्य प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सकिने छ।

यो योजनामा उल्लेखित अफरहरु नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक डिलरहरुबाट सजिलै प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।