BIZMANDU
www.bizmandu.com

पर्याप्त तरलता हुँदाहुँदै वाणिज्य बैंकहरुले बढाए निक्षेपको ब्याजदर, कुन बैंकको कति बढ्यो?

२०८० भदौ ३१

पर्याप्त तरलता हुँदाहुँदै वाणिज्य बैंकहरुले बढाए निक्षेपको ब्याजदर, कुन बैंकको कति बढ्यो?
पर्याप्त तरलता हुँदाहुँदै वाणिज्य बैंकहरुले बढाए निक्षेपको ब्याजदर, कुन बैंकको कति बढ्यो?


काठमाडौं। वाणिज्य बैंकहरुले फेरि निक्षेपको ब्याजदर बढाएका छन्। असोज महिनाका लागि विभिन्न बैंकहरुले व्यक्तिगत र संस्थागत ब्याजदर बढाएका हुन्।

Tata
GBIME
NLIC

हिमालयन बैंक, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्सियल र नबिल बैंकले निक्षेप ब्याज दर बढाएका हुन्। बैंकहरुले प्रकाशित गरेको नयाँ दरमा सबैभन्दा बढी निक्षेप प्राइम कमर्सियल बैंकले व्यक्तिगत निक्षेपमा ११.३५८ प्रतिशत ब्याज दिएको छ भने संस्थागतमा ९.३५८ प्रतिशत दिएको छ।

व्यक्तिगततर्फ ११ प्रतिशत र संस्थागत तर्फ बैंकहरुले ९ प्रतिशत ब्याजदर कायम गरेका छन्। बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि ऋणको ब्याज पनि बढ्नेछ।

सरकारले केही समय अघि मात्रै ६० प्रतिशत स्थानीय तहको रकम निक्षेपमा गणना गर्न दिने निर्णय गरेको थियो। अहिले बैंकहरुसँग पर्याप्त तरलता हुँदा पनि ब्याज दर बढाइएको हो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणको ब्याजदर घटाउने सर्तमा स्थानीय तहको रकम निक्षेपमा गणना गर्न दिएका थिए। यही आधारमा सेयर बजार उकालो लागेको थियो। विकास बैंकको ब्याजदर भने व्यक्तिगतमा ११ प्रतिशत र संस्थागतमा ९ प्रतिशत दिने निर्णय गरेका छन्।