BIZMANDU
www.bizmandu.com

मूल्य बढेपछि चिनीको तस्करी गर्ने सलबलाए, वीरगंजबाट तस्करीको १० क्विन्टल चिनी बरामद

२०८० भदौ ३१

मूल्य बढेपछि चिनीको तस्करी गर्ने सलबलाए, वीरगंजबाट तस्करीको १० क्विन्टल चिनी बरामद
मूल्य बढेपछि चिनीको तस्करी गर्ने सलबलाए, वीरगंजबाट तस्करीको १० क्विन्टल चिनी बरामद


वीरगंज। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज बजार क्षेत्रबाट तस्करीको चिनी बरामद गरेको छ। पर्सा प्रहरीले १ लाख मूल्य बराबरको १० क्विन्टल चिनी बरामद गरेको हो।

Tata
GBIME
NLIC

नेपालमा भन्दा भारतमा चिनीको मूल्य किलोमै ६० रुपैयाँ भन्दा बढी सस्तो भएपछि तस्करी बढ्न थालेको छ। शुक्रबार वीरगंजको ६ नम्बर गेट नजिकबाट बाटोमा अलपत्र अवस्थामा सो चिनी बरामद गरिएको वीरगंज भन्सार पठाइएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए।

भन्सार छली गरी चोरी पैठारी गरी तस्करीको बाटो भित्रिएको ५० किलोको २० बोरा चिनी बरामद भएको हो। चाडबाड नजिकिँदै गर्दा सामानको अबैध ओसारपसार गर्ने काम वीरगंज नाकामा सुरु भएको छ।

पर्सा प्रहरीको टोलीले गस्तीको क्रममा सडकमा गाडी पार्क गरी टिनको छाप्रोमा चिनी ओसारिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। चिनीमा कसैको दाबी गर्न नआएकोले भन्सार पठाइएको प्रहरी उपरीक्षक शाहले स्पष्ट पारे।

वीरगंजमा अहिले खुद्रा मूल्य ९० रुपैयाँ किलोमा चिनी बिक्री भइरहेको छ भने सीमावर्ती भारतीय बजार रक्सौलमा भारु ४२ देखि ४५ मै एक किलो चिनी किन्न पाइन्छ।

तस्करीको चिनी क्यारिङ गरेर नेपाल भित्रिरहेको प्रहरीले जनाएको छ। यसअघि वीरगंजबाट अवैध रुपमा भित्रिएको ८ क्विन्टल काजु बरामद भएपछि चाडबाडमा ड्राईफ्रुट्सको पनि तस्करी बढेको सार्वजनिक भएको थियो।