BIZMANDU
www.bizmandu.com

आजको मौसम : देशभर सामान्य बदली, यी प्रदेशमा वर्षाको सम्भावना

२०८० भदौ ३१

आजको मौसम : देशभर सामान्य बदली, यी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : देशभर सामान्य बदली, यी प्रदेशमा वर्षाको सम्भावना


काठमाडौं। आइतबार बिहान सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME
NLIC

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्यांगसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख छ।

यस्तै, आज राती देशभर आंशिक देखि सामान्य बदली रहने जनाइएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्यांगसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।