BIZMANDU
www.bizmandu.com

अटो शोमा लक्जरियस इभी बीवाइडीको सिलदेखि नेटाको एस  र जीटीसम्म शोकेस

२०८० भदौ ३०

अटो शोमा लक्जरियस इभी बीवाइडीको सिलदेखि नेटाको एस  र जीटीसम्म शोकेस
अटो शोमा लक्जरियस इभी बीवाइडीको सिलदेखि नेटाको एस  र जीटीसम्म शोकेस


काठमाडौं। भृकुटीमण्डपमा जारी सवारी मेला नाडा अटो शोमा थुप्रै गाडी प्रदर्शनीमा छन्। लक्जरियस इलेक्ट्रिकल गाडीका सेग्मेन्टमा बीवाइडीको सिलदेखि नेटा भीको एस र जीटीसम्म स्टलमा देख्न सकिन्छ।

Tata
GBIME
NLIC

प्रदर्शनीको आकर्षणका रुपमा देखिएका केही गाडीहरु अहिले तत्कालका लागि भने बिक्री हुने छैनन्। जसले लक्जरियस र सेडान सेग्मेन्टको कार मन पराउँछन्‚ ती ग्राहकहरुको ध्यान बीवाइडी र नेटा भीको स्टलले राम्रैगरी आकर्षित गर्छ। नयाँ केही माेडल प्रदर्शनीका लागि ल्याइएका हुन्।

ती नयाँ लक्जरियस इलेक्ट्रिकल गाडी नेपाली बजारमा आउने समय ग्राहकको साेधीखोजीमा निर्भर छ। किन्नका लागि जति धेरै साेधखोज हुन्छ‚ बजारमा ल्याउन बिक्रेता कम्पनीलाई त्यति नै हतार हुनेछ।

यस्तै हुन्डाईको आयोनिक ५ र म्याक्ससको नयाँ लक्जरी गाडी मिफा ९ इभी पनि प्रदर्शनीमा छन्। यी गाडीहरुले एक पटकको फुल चार्जमा ५२० किलोमिटरदेखि ७१५ किलोमिटरसम्म रेन्ज दिन्छ।

यी सबै गाडीहरु शोकेसका रुपमा नाडा अटो शोमा छ। यस्तै अर्को लक्जरियस गाडी स्काइवेलको भने खाली स्टल मात्र राखिएको छ।