BIZMANDU
www.bizmandu.com

गैह्रीगाउँको एक काठ मिलभित्र चार जनाको हत्या, अनुसन्धानको क्रममा एक जना समातिए

२०८० भदौ ३०

गैह्रीगाउँको एक काठ मिलभित्र चार जनाको हत्या, अनुसन्धानको क्रममा एक जना समातिए
गैह्रीगाउँको एक काठ मिलभित्र चार जनाको हत्या, अनुसन्धानको क्रममा एक जना समातिए

काठमाडौं। काठमाडौंको गैह्रिगाउँस्थित दिव्य काठ मिलभित्र चार जनाको हत्या भएको छ।

Tata
GBIME


शुक्रबार राति उनीहरुलाई धारिलो हत्यार प्रहार गरि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
दोलखा घर भएका कुमार भुजेल, उनी श्रीमती अम्बिका भुजले, उनी आमा सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई रहेका छन्। उनीहरु काठ मिलमा काम गर्दै आएका थिए।

शवलाई पोष्टमार्टको लागि टिचिङ अस्पताल लगिएको छ। अनुसन्धानमा नेपाल प्रहरीको तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।