BIZMANDU
www.bizmandu.com

प्रविधि पत्रकार मञ्चको अध्यक्षमा पौडेल, सचिवमा सापकोटा निर्वाचित

२०८० भदौ २९

प्रविधि पत्रकार मञ्चको अध्यक्षमा पौडेल, सचिवमा सापकोटा निर्वाचित
प्रविधि पत्रकार मञ्चको अध्यक्षमा पौडेल, सचिवमा सापकोटा निर्वाचित

काठमाडौं। प्रविधि पत्रकार मञ्च (टीजेएफ) को अध्यक्षमा उमेश पौडेल निर्वाचित भएका छन्। मञ्चको शुक्रबार सम्पन्न १०औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट फिस्कल नेपाल डट कममा कार्यरत पौडेल अध्यक्षमा निर्वाचित भएका हुन्।

Tata
GBIME

उपाध्यक्षमा राजधानी दैनिकमा कार्यरत पूर्णभक्‍त दुवाल चुनिएका छन्। यस्तै सचिवमा बिजमाण्डूकर्मी उन्‍नत सापकोटा निर्वाचित भएका छन्। सहसचिवमा रक्षा रेग्मी र कोषाध्यक्षमा अनिल न्यौपाने चुनिएका छन्।

कार्यसमिति सदस्यमा गणेश सुवेदी, सजना बराल, कमल केसी, हिक्मत आचार्य, प्रकाशचन्द्र जोशी र अभिषेक गुप्ता निर्वाचित भएका छन्।