BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया बैंकले घोषणा गर्‍यो बम्पर लाभांश, ८ वर्षयताकै सबैभन्दा धेरै

२०८० भदौ २९

एनआइसी एसिया बैंकले घोषणा गर्‍यो बम्पर लाभांश, ८ वर्षयताकै सबैभन्दा धेरै
एनआइसी एसिया बैंकले घोषणा गर्‍यो बम्पर लाभांश, ८ वर्षयताकै सबैभन्दा धेरै

काठमाडौं। पुँजीकोषको दबाबले अघिल्लो दुई आर्थिक वर्षका लागि लाभांश घोषणा गर्न नपाएको एनआइसी एसिया बैंकले गत आवको लागि भने बम्पर लाभांश लिने भएको छ।

Tata
GBIME

बैंकले ३०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो अघिल्लो ८ आर्थिक वर्ष यताकै सबैभन्दा धेरै लाभांश दर हो। यसअघि आर्थिक वर्ष २०७१/७२ का लागि ४१ प्रतिशत लाभांश दिएको थियो।

बिहीबार बसेको संचालक समितिको बैठकले २९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। बाँकी कर प्रयोजनका लागि नगद दिँदैछ। यो कायम चुक्ता पुँजीमा प्रस्ताव गरिएको हो।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ छ। यसको २९ प्रतिशत बोनस वितरणपछि चुक्ता पुँजी ३ अर्ब ३५ करोड रुपैयाँले बढ्नेछ।

लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।