BIZMANDU
www.bizmandu.com

ट्वीटरका सहसंस्थापकको ‘ब्लूस्काई’ प्रयोग गर्नेको संख्या १० लाख नाघ्यो, एक्सको विकल्प होला?

२०८० भदौ २९

ट्वीटरका सहसंस्थापकको ‘ब्लूस्काई’ प्रयोग गर्नेको संख्या १० लाख नाघ्यो, एक्सको विकल्प होला?
The Bluesky social media app logo is seen on a mobile device in this photo illustration in Warsaw, Poland on 21 April, 2023. Founder Jack Dorsey of twitter has released the Bluesky application on Android. (Photo by Jaap Arriens / Sipa USA)(Sipa via AP Images)

ट्वीटर (हाल एक्स) का सहसंस्थापक ज्याक डोर्सेले निर्माण गरेको सामाजिक संजाल प्लेटफर्म ‘ब्लूस्काई सोसल’ प्रयोगकर्ताको संख्या १० लाख नाघेको छ।

Tata
GBIME

इलन मस्कले ट्वीटर खरिद गरेर रिब्रान्डिङ गर्दै कम्पनीलाई ‘एक्स’ बनाएपछि ब्लूस्काईलाई एक्सको विकल्पका रुपमा हेरिएको छ। हुनत: एक्सलाई टक्कर दिन मेटाले पनि थ्रेड्स ल्याइसकेको छ।

ब्लूस्काई अहिले संचालनको प्रारम्भिक चरणमा रहेको छ। अहिले नै ठूलो समुदायमा पुग्ने ब्लूस्काईको लक्ष्य छैन। हाल प्रयोगकर्ताहरुको इन्भिटेसनमा मात्रै यो एप प्रयोग गर्न सकिन्छ। एक्समा ब्लूस्काई प्रयोग गर्न इन्भिटेसन कोड माग्‍नेको संख्या धेरै छ। इलन मस्कले ट्वीटरलाई एक्स बनाए पनि यसको चर्चा थप चुलिएको हो।

डोर्सेले ट्वीटरमा रहँदै सो एपको घोषणा गरेका थिए। सन् २०२१ मा ट्वीटरबाट निस्किएपछि उनले सोही वर्ष अक्टोबर ४ मा यो एपको लन्च गरेका थिए। घोषणा हुँदा नै यसले विकेन्द्रिकृत सोसल नेटवर्किङ प्रोटोकल निर्माण गर्ने भनेको थियो। ब्लूस्काई सोसल भनेर हाल संचालनमा रहेको यो कम्पनीले हाल लगानीकर्ता खोजिरहेको छ।

यो एपलाई अहिले नै एक्सको विकल्प भनिँदै गर्दा प्रारम्भिक चरणमा रहेकाले यसले धेरै काम गर्न बाँकी रहेको देखिएको छ। ट्वीटर जस्तै देखिने भए पनि यसको विकेन्द्रिकृत प्रणालीले यसलाई छुट्टै सामाजिक संजाल बनाउने अपेक्षा गरिएको छ।