BIZMANDU
www.bizmandu.com

क्यानडाका सुपरमार्केट चेनलाई ट्रुडोको चेतावनी : खाद्यान्नको बढ्यो मूल्य नियन्त्रण गर, नत्र कर लगाउँछु

२०८० भदौ २९

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ग्रसरी चेनहरुले खाद्यान्नको मूल्यवृद्धि नियन्त्रण नगरे नयाँ कर लागू गर्ने चेतावनी दिएका छन्।

Tata
GBIME
NLIC

वालमार्ट र कस्ट्कोसँगै पाँच ठूला सुपरमार्केट चेनलाई ट्रुडोले आउँदो ‘थ्याङ्क्सगिभिङ’ पर्वभन्दा अघि नै बढ्दो मूल्यवृद्धि नियन्त्रणका लागि योजना ल्याउन भनेका हुन्।

ती चेनहरुको योजनाले मध्यम आय भएका मानिसहरु लाभान्वित नभए सरकारले नयाँ कदम चाल्ने ट्रुडोले बताएका हुन्। क्यानडाका नागरिकहरुलाई सामान्य जीवन चालाउनै धौधौ परिरहेको बेला सुपरमार्केट चेनहरुले नाफा कमाइरहनुको कुनै औचित्य नभएको उनले टिप्पणी थियो। जसकारण उनले सुपरमार्केट चेनले नागरिकलाई राहत दिने योजना नल्याए उनीहरुमाथि नयाँ कर लागू गर्ने बताएका हुन्।

क्यानडामा पछिल्लो समय ग्रसरीको मूल्य हाल ८.५ प्रतिशतले बढेको छ।