BIZMANDU
www.bizmandu.com

एसिया कपबाट पाकिस्तान बाहिरियो, फाइनलमा भारत र श्रीलंका भिड्ने

२०८० भदौ २९

एसिया कपबाट पाकिस्तान बाहिरियो, फाइनलमा भारत र श्रीलंका भिड्ने
एसिया कपबाट पाकिस्तान बाहिरियो, फाइनलमा भारत र श्रीलंका भिड्ने

एसीसी एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंका भिड्ने भएका छन्। बिहीबार राति सम्पन्न सुपर फोरको खेलमा श्रीलंकाले पाकिस्तानलाई हराएसँग फाइनल खेलको समीकरण पुरा भएको हो।

Tata
GBIME
Zonsen

श्रीलंकाले पाकिस्तानमाथि २ विकेटको जित निकाल्दै फाइनलका स्थान पक्का गरेको हो। वर्षाले प्रभावित भएको खेल सुरु हुनै ढिला हुँदा खेल छोट्याइएको थियो। २७.४ ओभरमा पाकिस्तान १३०-५ को अवस्थामा हुँदा फेरि वर्षाले खेल प्रभावित भएको थियो। ४२ ओभरमा छोट्याइएको खेलमा पाकिस्तानले ७ विकेट गुमाएर २५२ रन बनाएको थियो।

टस जितेर ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक अविजित ८६ रन बनाउँदा अब्दुल्ला सफिकीले ५२ रन बनाउँदा इफ्तिकार अहमेदले ४७ रन बनाए। त्यस्तै बाबर आजमले २९ रन बनाउँदा मोहम्मद नवाजले १२ रन बनाए।

बलिङतर्फ श्रीलंकाका मथिसा पथिरानाले सर्वाधिक ३ विकेट लिँदा प्रमोद मधुसुदनले २ तथा महीस थिकसेना र डुनिथ वेल्लालेजले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ४२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ९१ रन बनाउँदा छारिथ असलंकाले अविजित ४९ रन बनाए। त्यस्तै सदीरा समराविक्रमाले ४८ तथा पथुम निशंकाले २९ रन बनाए। बलिङतर्फ पाकिस्तानका इफ्तिकार अहमेदले सर्वाधिक ३ विकेट लिँदा शाहीन शाह अफ्रीदीले २ तथा शादब खानले १ विकेट लिए।

जितसँगै श्रीलंकाले फाइनलमा भारतसँग खेल्ने पक्का भएको छ। पाकिस्तानले सुपरफोरबाटै एसिया कपको यात्रा टुंग्याएको छ। भारतलले सुपर फोरको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। लगातार दुई खेलमा पराजित बंगलादेश पनि प्रतियोगिताबाट बाहिरिसकेको छ। नेपाल र अफगानिस्तान समूहचरणबाटै बाहिरिएका थिए।