काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र खुला रुपमा दुध बिक्री वितरण गर्ने पसलहरुलाई मापदण्ड पालना गर्न सूचना जारी गरेको छ।
महानगरको कृषि तथा पशुपक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न समेत निर्देशन दिएको छ।
विभागका वरिष्ठ पशु चिकित्सक अधिकृत डा अवधेश झाले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएका बताए।
‘खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीलाई खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ ले तोकेबमोजिम सञ्चय तथा बिक्री वितरण गर्नुका साथै दर्ता र नवीकरण नभएका डेरीले ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउन हुन सूचित गरिन्छ’, झाद्वारा जारी सूचनामा भनिएको छ ।
–––