BIZMANDU
www.bizmandu.com

प्रतिनिधि सभाको बैठक ६ मिनेट बसेर स्थगित, नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

२०८० भदौ २८

प्रतिनिधि सभाको बैठक ६ मिनेट बसेर स्थगित, नेम्वाङको निधनमा शोक प्रस्ताव पारित
प्रतिनिधि सभाको बैठक ६ मिनेट बसेर स्थगित, नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं। प्रतिनिधि सभाले आफ्ना सदस्य एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

Tata
GBIME

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। शोक प्रस्ताव पारितपछि सभाका सदस्यहरुले एक मिनेट मौनधारण गरी नेम्वाङको निधनमा शोक व्यक्त गरे।

नेम्वाङको ७१ वर्षको उमेरमा भदौ २६ गते निधन भएको थिए। एमालेका तर्फबाट २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य नेम्वाङ २०५६ यता लगातार प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

शोक प्रस्ताव पारितपछि प्रतिनिधि सभाको बैठक शुक्रबार अपराह्न १ बजे बस्ने गरी स्थगित गरिएको छ।