काठमाडौं । बिहिबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। आज सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २०० कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यो साताको आइतबार १ लाख ११ हजार ९०० मा कारोबार भएको सुनको मूल्य सोमबार बढेर १ लाख १२ हजार पुगेको थियो। मंगलबार सोमबारकै मूल्य यथावत हुँदा बुधबार भने ८०० रुपैयाँले घटेर १ लाख ११ हजार २०० कायम भएको थियो।
त्यसैगरि, चाँदीको मूल्य आज १ हजार ३८५ रुपैयाँ कायम भएको छ। बुधबार भने चाँदीको मूल्य १ हजार ३९० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रतिऔंस १९१०.३१ डलरमा कारोबार सुनको मूल्य आज घटेर १९०८.६ डलर पुगेको छ। चाँदीको मूल्य भने प्रतिऔंस २२.६९ डलर कायम भएको छ।