BIZMANDU
www.bizmandu.com

राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गरिँदै: आज सार्वजनिक बिदा, राष्ट्रिय झण्डा झुकाइने

२०८० भदौ २८

राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गरिँदै: आज सार्वजनिक बिदा, राष्ट्रिय झण्डा झुकाइने
राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गरिँदै: आज सार्वजनिक बिदा, राष्ट्रिय झण्डा झुकाइने

काठमाडौं । मंगलबार निधन भएका संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदैछ। आज बिहान ११ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने नेकपा एमालेले जनाएको छ।

Tata
GBIME

सरकारले राजकीय सम्मानसहित नेम्वाङको अन्येष्टी गर्ने निर्णय गर्दै आज सार्वजनिक बिदा पनि दिएको छ। सरकारले उनको अन्त्येष्टिको दिन सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ।

हाल नेम्वाङको पार्थिव शरीर बालुबाटारस्थित उनको निवास छ। नेकपा एमालेका अनुसार बालुवाटारबाट उनको पार्थिव शरीरलाई शवयात्रासहित शिक्षण अस्पताल, महाराजगंज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइनेछ।