BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंकको लाभांश घोषणा, २०.५३ प्रतिशतमध्ये कति दिँदै छ बोनस सेयर?

२०८० भदौ २७

एभरेष्ट बैंकको लाभांश घोषणा, २०.५३ प्रतिशतमध्ये कति दिँदै छ बोनस सेयर?
एभरेष्ट बैंकको लाभांश घोषणा, २०.५३ प्रतिशतमध्ये कति दिँदै छ बोनस सेयर?

काठमाडौं। एभरेष्ट बैंकले गत आर्थिक वर्षका लागि २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले अघिल्लो पटक २०.६८ प्रतिशत लाभांश दिएको थियो।

Tata
GBIME

बैंकको सञ्चालक समितिले यसपालि १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ। बाँकी १०.५३ प्रतिशत नगद लाभांश हो।

बैंकले हाल कायम चुक्ता पुँजीमा सो लाभांश प्रस्ताव गरेको हो। हाल बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ छ।

प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी एक अर्ब ६ करोड रुपैयाँले बढ्नेछ। लाभांश प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गर्नुका साथै बैंकको साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ।