BIZMANDU
www.bizmandu.com

रोयल इनफिल्डको नयाँ शोरुम काठमाडौंको टेकुमा, उपत्यकाबाहिर थप तीनवटा खोल्ने तयारी

२०८० भदौ २७

रोयल इनफिल्डको नयाँ शोरुम काठमाडौंको टेकुमा, उपत्यकाबाहिर थप तीनवटा खोल्ने तयारी
रोयल इनफिल्डको नयाँ शोरुम काठमाडौंको टेकुमा, उपत्यकाबाहिर थप तीनवटा खोल्ने तयारी


काठमाडौं। रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले काठमाडौको टेकुमा शोरुम खोलेको छ। नयाँ शोरुम अत्याधुनिक भएको कम्पनीको दाबी छ।

Tata
GBIME
NLIC

शोरुममा बाइकका साथै इडिंग गियर, जेनुइन एसेसरिज र स्पेयर पार्ट्स पाइने कम्पनीले जनाएको छ। कम्पनीले यसअघि नक्साल, बालकुमारी, पोखरा, बुटवल, धरान, इटहरी, बिर्तामोड, दमक लगायत स्थानमा १७ वटा शोरुम सञ्चालन गर्दै आएको थियो।

वीरगंज, विराटनगर र धनगढीमा पनि शोरुम सञ्चालनमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ। अल्फा अटोमोटिभ त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी हो।

रोयल इनफिल्ड विश्‍वकै सबैभन्दा पुरानो मोटरसाइकल कम्पनी हो। जसले सन् १९०१ देखि मोटरसाइकल उत्पादन गर्दै आएको छ।