BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंक र ओम हस्पिटलबीच सहकार्य सम्झौता‚ बैंकका ग्राहकलाई सेवा शुल्कमा १०% छुट

२०८० भदौ २७

एभरेष्ट बैंक र ओम हस्पिटलबीच सहकार्य सम्झौता‚ बैंकका ग्राहकलाई सेवा शुल्कमा १०% छुट
एभरेष्ट बैंक र ओम हस्पिटलबीच सहकार्य सम्झौता‚ बैंकका ग्राहकलाई सेवा शुल्कमा १०% छुट


काठमाडौं। ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवासुविधाका शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

Tata
GBIME
NLIC

बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा तिनका पारिवारले उपचार सेवा लिँदा अन्तरंग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

चाबहिलस्थित अस्पताल निजी क्षेत्रबाट तीन दशकदेखि सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्था हो। अस्पतालमा आकस्मिकदेखि सघन उपचारलगायत अन्य ३७ भन्दा बढी विषयमा उपचारसँगै विशेषज्ञ सेवा दिँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ।  

यस्तै एभरेष्ट बैंकका १२७ शाखामा १३ लाखभन्दा बढी ग्राहक छन्। बैंकले ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।

सम्झौता हस्ताक्षर समारोहमा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका व्यापार प्रवर्धन प्रबन्धक विनोद अधिकारीको उपस्थिति थियो।