BIZMANDU
www.bizmandu.com

एनसेलको फोरजी कर्णाली र सुदूरपश्चिमका ४ जिल्लामा विस्तार, मनाङलाई पनि जोड्ने तयारी

२०८० भदौ २६

एनसेलको फोरजी कर्णाली र सुदूरपश्चिमका ४ जिल्लामा विस्तार, मनाङलाई पनि जोड्ने तयारी
एनसेलको फोरजी कर्णाली र सुदूरपश्चिमका ४ जिल्लामा विस्तार, मनाङलाई पनि जोड्ने तयारी

काठमाडौं। एनसेलले कर्णाली र सुदूरपश्चिमका ४ जिल्लामा उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा बिस्तार गरेको छ। एनसेलले मुगु, डोल्पा, हुम्ला र बाजुरा सदरमुकाममा फोरजी सेवा सुरु गरेको हो।

Tata
GBIME

फोरजी सेवाका लागि एनसेलले डोल्पाको ठूलीभेरी नगरपालिका, मुगुको छायाँनाथ रारा नगरपालिका, बाजुराको बडिमालिका नगरपालिका र हुम्लाको सिमकोट गाउँपालिकामा एक एक वटा फोरजी बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) स्थापना गरेको छ ।

कम्पनीले भी–स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा सञ्चालन गरेको हो। अब कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला एनसेलको फोरजी सेवामा जोडिएका छन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले ग्राहकलाई नयाँ प्रविधिसँग जोड्न सेवा बिस्तार गरेको बताए।

एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो। देशभर हाल एनसेलका ४ हजार १०० भन्दा बढी फोरजी बीटीएस सञ्चालनमा छन्।

एनसेलले मनाङमा पनि फोरजी सेवा बिस्तारका लागि काम गरिरहेको छ। फोरजीले प्रयोगकर्तालाई हाइ–डेफिनिसन भिडियो सामग्रीको स्ट्रिमिङ, भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे), द्रुत डाउनलोड र अपलोड, ठूला फाइल तत्काल आदानप्रदान लगायत सेवामा सहयोग गर्छ।