BIZMANDU
www.bizmandu.com

सुजुकीका ४ वटा मोडल नाडा अटो शोमा, अवलोकनकर्ता जिम्नीमा आकर्षित

२०८० भदौ २६

सुजुकीका ४ वटा मोडल नाडा अटो शोमा, अवलोकनकर्ता जिम्नीमा आकर्षित
सुजुकीका ४ वटा मोडल नाडा अटो शोमा, अवलोकनकर्ता जिम्नीमा आकर्षित


काठमाडौं। नाडा अटो शोमा सुजुकीका ४ वटा मोडल देखिएका छन्। सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी होल्डिङ्स अन्तर्गतको सिजी मोटर्स र सिजी नेक्स्ट जेनेरेसनले जिम्नी, फ्रोन्क्स, ग्रान्ड भिटारा र न्यु ब्रेजा गाडी अटो शोमा राखेका हुन्।

Tata
GBIME
NLIC

अवलोकनकर्ता ती चार गाडीमध्ये जिम्नीमा आकर्षित भएका छन्। अटो शोको पहिलो दिन जिम्नी हेर्नेको घुईंचो देखियो। जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँ छ।

फाइभ-डोर सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा रुचाइएको एसयुभी भएको कम्पनीको दाबी छ। सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयुभी हो। जुन हेभी-ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ। पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लिरियन्सका साथ यसको डिजाइन गरिएको छ।

अफ-रोड बाटोका लागि उत्तम हुने गरी निर्मित जिम्नीमा २२.६८ सेमी स्मार्ट-प्ले प्रो इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ। यसमा ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक सुविधा छन्।

यस्तै फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले ग्राहकका लागि विभिन्न अफर ल्याएको छ। कम्पनीले १ लाख नगद छुट र १ लाख एक्सचेन्ज बोनसको दसैं अफर ल्याएको छ।

फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रित एसयुभी हो। ‘द फेस अफ न्यू एसयूभी’ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ।