BIZMANDU
www.bizmandu.com

सेयर बजारले समाउन सकेन ‘बुलिस ट्रेन्ड’, सोमबार ‘पोजेटिभ सर्किट’ लागेका कम्पनी बने ‘नेगेटिभ’

२०८० भदौ २६

सेयर बजारले समाउन सकेन ‘बुलिस ट्रेन्ड’, सोमबार ‘पोजेटिभ सर्किट’ लागेका कम्पनी बने ‘नेगेटिभ’
सेयर बजारले समाउन सकेन ‘बुलिस ट्रेन्ड’, सोमबार ‘पोजेटिभ सर्किट’ लागेका कम्पनी बने ‘नेगेटिभ’

काठमाडौं। सोमबार फराकिलो अंकले बढेको सेयर बजार एक दिनपनि नटिकेर गिरावट आएको छ। मंगलबार सेयर बजार १९.४२ अंकले घटेर बन्द भएर नेप्से परिसूचक १९६७.५७ विन्दुमा कायम भएको छ।

Tata
GBIME

सरकारले बैंकहरुलाई स्थानीय तहको पैसा निक्षेप गणना गर्न सुविधा दिएपनि ब्याजदर घट्ने सुनिश्चितता नभएपछि बजारले बुलिस ट्रेन्ड समात्न नसकेको हो। सोमबार सेयर बजार ४४.३० अंकले बढेको थियो। सोमबार सबैभन्दा बढी थ्री स्टार हाइड्रोपावरको सेयर घटेको छ।

सोमबार सबैभन्दा बढी मूल्य बढेर सकारात्मक सर्किट देखिएको कम्पनीको सेयर मूल्य मंगलबार नेगेटिभ सर्किट देखिएको हो। यो कम्पनीको सेयर मूल्य प्रति कित्ता ३७.८० रुपैयाँ घट्यो।

यस्तै सुपर मादी हाइड्रोपावरको सेयर मूल्य पनि मंगलबार २४.३० रुपैयाँले घटेको हो। हिमालय उर्जा विकास कम्पनीको पनि सेयर मूल्य १५.४० रुपैयाँले घटेको छ।

मंगलबार कारोबार पनि घटेर १ अर्ब १३ करोडमा सीमित भएको छ। सोमबार १ अर्व ५१ करोड रकम बराबरको सेयर किनबेच भएको थियो।

कारोबारका आधारमा नेपाल एसबीआइ बैंक शीर्ष स्थानमा छ। बैंकको ७ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको छ। यस्तै शिवम् सिमेन्टको ६ करोड ३५ लाख बराबरको सेयर कारोबार भएको छ।

सेयर बजार घट्दा पनि केही कम्पनीको सेयर बढेको छ। शुभम् पावर लिमिटेडको सेयर मूल्य ७४ रुपैयाँले बढेको छ। यस्तै सामलिङ पावरको सेयर मूल्य २५ रुपैयाँले बढेको छ।