BIZMANDU
www.bizmandu.com

टाटाको इन्धन गाडी पन्च सार्वजनिक, सुरुवाती मूल्य ३३.९९ लाख रुपैयाँ

२०८० भदौ २६

टाटाको इन्धन गाडी पन्च सार्वजनिक, सुरुवाती मूल्य ३३.९९ लाख रुपैयाँ
टाटाको इन्धन गाडी पन्च सार्वजनिक, सुरुवाती मूल्य ३३.९९ लाख रुपैयाँ


काठमाडौं। टाटाले इन्धन गाडी पन्च सार्वजनिक गरेको छ। टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शो मा उक्त गाडी सार्वजनिक गरेको हो। यसको सुरुवाती मूल्य ३३ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ४३ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।

Tata
GBIME
NLIC

पन्चमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन छ। उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ। यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स छ। यस्तै १८७ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ।

निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर जस्ता फिचर यसमा छन्।

रिभर्स क्यामेरा, व्याक सेन्सर, पुस बटम स्टार्ट/स्टप बटम, दुई एयरब्याग, एबीएस, इबीडी, ब्रेक एसवे कन्ट्रोल, इएससी, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील फिचरले पन्चलाई प्रिमियम बनाएको छ।