BIZMANDU
www.bizmandu.com

नेपाली फुटबल टोली म्यानमारसँग पराजित

२०८० भदौ २५

नेपाली फुटबल टोली म्यानमारसँग पराजित
नेपाली फुटबल टोली म्यानमारसँग पराजित


काठमाडौं। नेपाली फुटबल टोली म्यानमारसँग पराजित भएको छ। म्यानमारको थुवुना स्टेडियममा सम्पन्न दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीसँग १-० गोलअन्तरले पराजित भएको हो।

Tata
GBIME
NLIC

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको अन्त्यतिर म्यानमारले काउन्टर अट्याकमा गोल गरेको थियो। म्यानमारको जितमा विन नाइग टनले निर्णायक गोल गरे। त्यसअघि नेपालले पनि केही राम्रा अवसर बनाएको थियो। तर गोलमा परिणत गर्न सकेन।

यसअघि म्यानमारमा सम्पन्न पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा रोकिएको थियो। नेपालले विश्वकप छनोटको तयारीका रुपमा मैत्रीपूर्ण खेल खेलेको हो। अक्टोबर १२ र १७ मा लाओसविरुद्ध नेपालले विश्वकप छनोट खेल्ने तालिका रहेको छ।