BIZMANDU
www.bizmandu.com

बीवाइडीको नयाँ गाडी ‘डल्फिन’ नेपाली बजारमा, मूल्य ३९ लाख ८० हजार रुपैयाँ

२०८० भदौ २५

बीवाइडीको नयाँ गाडी ‘डल्फिन’ नेपाली बजारमा, मूल्य ३९ लाख ८० हजार रुपैयाँ
बीवाइडीको नयाँ गाडी ‘डल्फिन’ नेपाली बजारमा, मूल्य ३९ लाख ८० हजार रुपैयाँ


काठमाडौं। बीवाइडीको नयाँ विद्युतीय गाडी ‘डल्फिन’ नेपाल भित्रिएको छ। बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले सोमबार ‘डल्फिन’ गाडी सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

बीवाइडीका ब्रान्ड एम्बास्डर हरिवंश आचार्यले ‘डल्फिन’ गाडी सार्वजनिक गरे। उनले विद्युतीय सवारीसाधनको प्रयोग बढेकामा प्रसन्नता व्यक्त गरे। ‘डल्फिन समुद्रमा बस्ने भए पनि बीवाइडीले गाडीका रुपमा नेपालको सडकमा ल्याएको छ,’ उनले भने।

गाडी मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोमा देख्न पाइने छ। गाडीको मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकिएको छ।

ई-६ मोडलदेखि सुरु भएको बीवाइडीको यात्रा एटो ३ हुँदै ‘डल्फिन’सम्म आइपुगेको हो। गाडीमा ४४.९ किलोवाट आवर (युनिट)को ब्याट्री जडान गरिएको छ।

यस्तै ७० किलाेवाट क्षमताको मोटर छ। यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा १६ इन्चको अलोय ह्विल र १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ। यस्तै ह्विलबेस २ हजार ७ सय एमएम छ।

यो गाडीमा १२.८ इन्चको फ्लोटिङ टच स्क्रिन कन्सोल, ३६० डिग्री क्यामेरा, इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने सिट, ५ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टरलगायत फिचर छन्। गाडी ४ वटा कलरमा उपलब्ध छ।

एटो ३ जस्तै ‘डल्फिन’ पनि ग्राहकले रुचाउने विश्वास रहेको साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन्। साइमेक्स इंकले नेपालमा ७ वर्षदेखि विद्युतीय गाडी बिक्री गर्दै आएको छ।

नेपालमा हाल बीवाइडीका ७०० भन्दा धेरै गाडी प्रयोगमा छन्। प्रयोगकर्ता बढेकाले चार्जिङ नेटवर्क बढाउँदै लगेको साइमेक्स इंकले बताएको छ।