BIZMANDU
www.bizmandu.com

हिमाल आरोहणका लागि २८४ विदेशीलाई अनुमति, सबैभन्दा धेरै चिनियाँ आरोही

२०८० भदौ २५

हिमाल आरोहणका लागि २८४ विदेशीलाई अनुमति, सबैभन्दा धेरै चिनियाँ आरोही
हिमाल आरोहणका लागि २८४ विदेशीलाई अनुमति, सबैभन्दा धेरै चिनियाँ आरोही


काठमाडौं। विभिन्‍न ४४ मुलुकका २८४ आरोहीले पर्यटन विभागबाट हिमाल आरोहणको अनुमति पाएका छन्। हिमाल आरोहण सिजन सुरु भएसँगै विभागले २८४ आरोहीलाई आरोहणको अनुमति दिएको हो।

Tata
GBIME
NLIC

आरोहणको अनुमति पाउनेमा चीनका आरोही धेरै छन्। चीनले आफ्नो सिमानाका खुला गरेसँगै सेप्टेम्बरमा मात्र ६७ चिनियाँले आरोहणको अनुमति पाएका हुन्।

‘हिमाल आरोहीको संख्या तुलनात्मक रुपमा वृद्धि भइरहेको छ। यसमा पनि चिनियाँ पर्यटकको आगमन अझै बढिरहेको छ,’ विभागका महानिर्देशक होम प्रसाद लुइँटेलले भने, ‘अहिले अनमति पाएका आरोहीका लागि रोप फिक्सिङको काम सुरु भइसकेको छ।’

आरोहीले मनास्लु, रक्शा उराइ, पुठा हिउँचुली, कुम्भकर्ण, हिमलुङ, नेमजुङ लगायत हिमाल आरोहणका लागि अनुमति पाएका हुन्। यीमध्ये मनास्लु आरोहीको संख्या धेरै रहेको विभागले तयार पारेको विवरणमा उल्लेख गरिएको छ।

विभागका अनुसार मनास्लु आरोहणका लागि मात्र २६६ जनाले अनुमति पाएका छन्।

यो हिमाल आरोहणबापतको रोयल्टीमात्र करिब ३ करोड रुपैयाँ उठेको विभागले जनाएको छ। सेप्टेम्बर ८ सम्म कुल ५ वटा हिमालबाट ३ करोड ४ लाख रुपैयाँ उठेको विभागले जनाएको छ।

कुन मुलुकबाट कतिले पाए अनुमति?