BIZMANDU
www.bizmandu.com

कर अधिकृतको झोलामा २६ लाख रुपैयाँ, नेपालगंजबाट काठमाडौं आउने क्रममा समातिए

२०८० भदौ २५

कर अधिकृतको झोलामा २६ लाख रुपैयाँ, नेपालगंजबाट काठमाडौं आउने क्रममा समातिए
कर अधिकृतको झोलामा २६ लाख रुपैयाँ, नेपालगंजबाट काठमाडौं आउने क्रममा समातिए


काठमाडौं। नेपालगंज विमानस्थलबाट एक सरकारी कर्मचारी स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्।

Tata
GBIME
NLIC

विमानस्थल प्रहरीले आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटालाई नियन्त्रणमा लिएको हो।

‘एक्सरे मेसिनमा चेक गर्दा स्रोत नखुलेको रकम भेटिएपछि सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको हो,’ जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले भने।

सापकोटाको साथबाट २६ लाख रुपैयाँ फेला परेको छ। उनी सोमबार बिहान ७ बजे नेपालगंजबाट काठमाडौं आउनका लागि विमानस्थलमा पुगेका थिए। पक्राउ परेका सापकोटालाई राजस्व अनुसन्धान कार्यालयमा बुझाउने तयारी भइरहेको छ।

यस्तै, अधिकृत सापकोटाका साथमा रहेका तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल भने फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनको खोजी गरिरहेको छ।