BIZMANDU
www.bizmandu.com

खानी खोला हाइड्रोपावरले शत प्रतिशत हकप्रद निष्कासन गर्ने‚ दीर्घकालीन ऋण घटाउँदै

२०८० भदौ २५

काठमाडौं। खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो।

Tata
GBIME

हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख रुपैयाँ छ। सोही बराबर हकप्रद जारी गर्ने कम्पनीको योजना हो। जस लगत्तै चुक्ता पुँजी ९३ करोड १४ लाख रुपैयाँ नाघ्नेछ।

कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको बताएको छ। गत आवसम्म कम्पनी २ करोड २८ लाख रुपैयाँ नोक्सानीमा छ। र कम्पनीका अनुसार ८० करोड ८५ लाख रुपैयाँ दीर्घकालीन कर्जा छ।

विद्युत नियमन आयोगबाट सहमति लिइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात हकप्रद प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको हो। कम्पनीको सेयर पछिल्लो पटक १६४ रुपैयाँ किनबेच भएको छ।