BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकले नन्दी विद्यालयका सन्तोषकुमार मण्डललाई दियो लक्ष्मणबाबु छात्रवृत्ति

२०८० भदौ २५

महालक्ष्मी विकास बैंकले नन्दी विद्यालयका सन्तोषकुमार मण्डललाई दियो लक्ष्मणबाबु छात्रवृत्ति
महालक्ष्मी विकास बैंकले नन्दी विद्यालयका सन्तोषकुमार मण्डललाई दियो लक्ष्मणबाबु छात्रवृत्ति

काठमाडौं। महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमा अध्ययनरत सन्तोषकुमार मण्डललाई लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति दिएको छ।

Tata
GBIME

विभिन्न सात वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मीको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक लक्ष्मणबाबुको स्मृतिमा छात्रवृत्ति स्थापना भएको हो।

छात्रवृत्ति बैंकका दरबारमार्ग शाखाका प्रवन्धक मनिलरत्न शाहीले विद्यालयका प्रधानाध्यापक गीता काफ्लेलाई हस्तान्तरण गरे। मण्डल अध्ययनमा उत्कृष्ट भएपनि आर्थिक स्थिति कमजोर भएकाले यो छात्रवृत्ति प्रदान गरेको बैकले जनाएको छ। छात्रवृत्तिको रकम ५० हजार रुपैयाँ रहेको छ।