BIZMANDU
www.bizmandu.com

कोशी अस्पतालमा अनलाइनबाटै टिकट बुक गर्न सकिने, मिदाससँग सहकार्यमा मोबाइल एप

२०८० भदौ २४

कोशी अस्पतालमा अनलाइनबाटै टिकट बुक गर्न सकिने, मिदाससँग सहकार्यमा मोबाइल एप
कोशी अस्पतालमा अनलाइनबाटै टिकट बुक गर्न सकिने, मिदाससँग सहकार्यमा मोबाइल एप


काठमाडौं। कोशी अस्पतालमा अब सर्वसाधारणले अनलाइन अपोइन्टमेन्ट लिन सक्ने भएका छन्। मिदास टेक्नोलोजीसँगको सहकार्यमा अस्पतालले मोबाइल एप सञ्चालनमा ल्याएको हो।

Tata
GBIME
NLIC

 एपमार्फत् अब अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सकिनेछ।

ओपीडी टिकट बुकिङ तथा खरिद र प्रयोगशाला रिपोर्ट पनि एपबाटै प्राप्त गर्ने सकिने अस्पतालले जनाएको छ।

स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको सुविधा प्रयोगकर्ताले पनि निःशुल्क टिकट बुक गर्न र  बीमा जानकारी राखेर प्रमाणीकरण गर्न  सक्ने जनाइएको छ।

आइएमई ग्रुप अन्तर्गतको मिदास टेक्नोलोजीज स्वास्थ्य सेवालाई सूचना प्रणालीमा आवद्ध गर्ने अग्रणी सेवा प्रदायक संस्था हो। मिदासले २०० भन्दा बढी अस्पतालमा सेवा प्रदान गरिरहेको छ।