BIZMANDU
www.bizmandu.com

तारा एयरले भोलिदेखि फेरि पोखरा-जोमसोम उडान गर्ने, दैनिक ५ वटा, विमान पोखरामै राखिने

२०८० भदौ २४

तारा एयरले भोलिदेखि फेरि पोखरा-जोमसोम उडान गर्ने, दैनिक ५ वटा, विमान पोखरामै राखिने
तारा एयरले भोलिदेखि फेरि पोखरा-जोमसोम उडान गर्ने, दैनिक ५ वटा, विमान पोखरामै राखिने


काठमाडौं। विकट गन्तव्यमा हवाइ सेवा सञ्चालन गर्दै आएको तारा एयरले पर्यटकीय सिजन सुरु भएसँगै सोमबारबाट पोखरा-जोमसोम उडान पुनः सुरु गर्ने भएको छ।

Tata
GBIME

पर्यटकीय सिजन सुरु हुनुका साथै मौसम पनि अनुकूल भएकाले उडान पुन: सुरु गर्न लागेको तारा एयरले जनाएको छ। मौसमी प्रतिकूलताका कारण तारा एयरको पोखरा-जोमसोम उडान तीन महिनादेखि बन्द थियो।

कम्पनीले जोमसोममा उडानका लागि एउटा विमान पोखरामै राख्‍ने छ। जोमसोममा दैनिक ५ वटा उडान गर्ने कम्पनीले जनाएको छ। जोमसोम विमानस्थल समुद्री सतहबाट २ हजार ७३६ मिटर उचाइमा छ।

तारा एयरले ट्विनअटर विमानमार्फत सिमकोट, लुक्ला, फाप्लु, दुनै लगायत विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएको छ।