BIZMANDU
www.bizmandu.com

ललिता निवास प्रकरण: भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश

२०८० भदौ २४

ललिता निवास प्रकरण: भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश
The Central Investigation Bureau (CIB) of Nepal Police has started arresting people allegedly involved in the forgery of government documents with the intent to transfer the ownership of government land located at Lalita Niwas, Baluwatar, in the name of private individuals. The police said the CIB on Tuesday had arrested seven individuals including ex-election commissioner Sudhir Shah, owner of Bhatbhateni supermarket Min Nahadur Gurung, mmmmand former government officials including Kaladhar Deuja, then chief of the Dillibazar Land Revenue Office. The others arrested are Surendra Kapali, Dharma Prasad Gautam, Hupendra Mani KC and Gopal Karki. Photo- Prabin Ranabhat


काठमाडौं। ललिता निवास प्रकरणमा जिल्ला अदालतले भाटभेटेनी सुपरमार्केटका सञ्‍चालक मीनबहादुर गुरुङलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। २ करोड ४६ लाख रुपैयाँ धरौटी लिएर छोड्न अदालतले आदेश दिएको हो।

Tata
GBIME
NLIC

एक साता लामो बहसपछि न्यायधीश भोला ढकालको इजलासले आदेश सुनाएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले दुई महिना लगाएर भदौ पहिलो साता रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो।

प्रतिवेदनमा संगठित अपराध र किर्तेमा मुद्दा चलाउन प्रहरीले राय दिएको थियो। तर वकिल कार्यालयले किर्तेमा मात्र मुद्दा दर्ता गरेको थियो।

प्रहरीले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित २८६ जनालाई मुद्दा चलाउन सिफारिस गरेकामा सरकारी वकिल कार्यालयले २९० जनालाई प्रतिवादी बनाएको थियो। जग्गा फिर्ता गर्नेलाई पनि प्रतिवादी बनाइएको छ।

ललिता निवास प्रकरणमा सीआइबीले साउन १२ गते भाटभेटेनी सुपरमार्केटका सञ्‍चालक गुरुङलाई पक्राउ गरेको थियो। यस प्रकरणमा २१ जना पक्राउ परेका थिए। केही भने हाजिरी जमानीमा छुटेका थिए। अदालतले पक्राउ परेका सबैलाई धरौटीमा छोड्न आदेश दिएको छ।